कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- गाउँ सहर संवाददाता
- १६ असार सोमबार, २०८२ | ०९:०५:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुनेछ ।
बैठकका लागि ‘एजेन्डा’ पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले तय गरिसकेको छ । हिजो बसेको बैठकले केन्द्रीय समितिका लागि एजेन्डा तय गरेको थियो ।
बैठकमा गत असोजदेखि माघसम्मको सयदिने अभियानको प्रतिवेदन, महाधिवेशन गर्न नसकेका सात भातृ संस्थाका विषयमा छलफल हुनेछ । बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिनेछ ।
बैठकमा संघीय र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आआफ्नो क्षेत्रको काम कारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउने कार्यक्रम छ । गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुनेछ ।
केन्द्रीय समितिको अर्को एजेन्डा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणसम्बन्धी छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले पनि चैत मसान्तमा सदस्ताको विवरण पठाइसक्न अन्तिम पटकका लागि गत माघमा नै परिपत्र गरेको थियो ।
तर, चैत मसान्तसम्म केही जिल्लाबाहेक कसैले नपठाएपछि वैशाख १५ गतेसम्मको म्याद थप गर्दै अर्को परिपत्र भएको थियो । तर, दोस्रो परिपत्रमा पनि कुनै प्रगति नभएपछि असार मसान्तसम्मको म्याद थपेर पुनः परिपत्र गरिएको छ ।
पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्मारिक प्रकाशन गर्ने तथा पार्टीको नीतिबारे सार्वजनिक बहस चलाउने बैठकको अर्को मुद्दा रहेको कांग्रेसले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
- विशाल रन लक्ष्य दिएकाे नेपालले इन्डोनेसियालाई ५० रनमै अलआउट
- नेपालले इण्डोनेसियाविरुद्ध बनायाे ४ सय २० रन
- राष्ट्रपति पौडेल पुगे धान रोपाइँमा
- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज लाओसविरुद्ध खेल्दै
- माैसम पूर्वानुमान: चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस