२६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- गाउँ सहर संवाददाता
- १५ असार आइतबार, २०८२ | १६:२८:०० मा प्रकाशित

काठमाडौं । साताको पहिलो कारोबारमा सेयर बजार परिसूचक २६ अंकले बढेको छ । आइतबार २६.५३ अंकले बढेर २,६२२.२८ विन्दुमा कायम भएको हो ।
आज १८५ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ६३ कम्पनीको सेयरमूल्य घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सात अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको जनाएको छ । एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर ७४ हजार ७५२ पटकमा खरिदबिक्री भएको छ ।
सप्तकोसी विकास बैंक, विन्ध्यवासिनी हाइड्रोपावर, माच्छापुच्छ्रे डिबेन्चर, ग्रिन भेन्चर, त्रिशूली जलविद्युत्लगायत कम्पनी उच्च कमाउने शीर्ष पाँचमा परे । सप्तकोसीको सेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो ।
जोशी हाइड्रो, युनिलिभर नेपाल, पञ्चकन्या माई हाइड्रो, पियोर इनर्जी, बुटवल पावर कम्पनी उच्च गुमाउने शीर्ष स्थानमा रहे ।
समूहगत सूचकतर्फ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङबाहेक बाँकी समूहको सूचक बढेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मुद्दा पौने १६ करोड भ्रष्टाचार,अदालतको आदेश १ लाख धरौटीमा रिहा गर
- आइतबार सेयर बजार १८ अंककाे गिरावट
- यस्ताे देखियाे एक वर्षकाे अर्थतन्त्र
- गत आर्थिक वर्ष नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
- कुश एकप्रकारकाे घाँस मात्रै हाेइन, यस्ताे छ आवश्यकता र महत्व
- सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
- एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि हुने
- शेयरबजारमा देखिएन उत्साह, खुम्चिँदै काराेबार रकम
- लिपुलेक नेपालको अभिन्न भूभाग भन्दा भारतले भन्याे-नेपालको दाबी आधारहीन
- काराेबार रकम र नेप्से दुवै घट्याे
प्रतिकृया दिनुहोस