रूपन्देही–३ मा यस्ताे छ उपनिर्वाचनकाे कार्यतालिका
- गाउँ सहर संवाददाता
- ४ श्रावण आइतबार, २०८२ | १६:४६:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले रूपन्देही–३ उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आइतबार स्वीकृत कार्यक्रमअनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि १० बजेसम्ममा उमेदवारको सूची प्रकाशन हुनेछ ।
सूचीमा रहेका उमेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिनको दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ९ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको नाम फिर्ता लिने तालिका तय भएको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्ममा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । निर्वाचन कार्यक्रमअनुसार कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- उकालै उकालाे लाग्दै शेयरबजार
- बाँदर र बँदेल हेर्न पारिश्रमिकसहित २० जना 'हेरालु' नियुक्त,
- रसुवामा बाढीले क्षति पुर्याएका भौतिक संरचना पुनर्निर्माणमा चीनले सहयोग गर्ने
- देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न
- साउनमा नारीहरूकाे नाडीमा हरियाे चुरा देखिएजस्तै शेयरबजारकाे ड्यासबाेर्डमा पनि हरियाली
- गिरीकाे कारबाही फिर्ता माग गर्दै लिङ्देनलाई कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुको सामुहिक अपिल
- साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल
- आज साउनको पहिलो सोमबार पशुपतिमा श्रद्धालुहरुको घुइँचो
- पर्यटन प्रवर्द्धनकाे खाेजीमा सुनापति गाउँपालिका
- नेप्सेमा २१ अर्ब ४६ करोडकाे काराेबार
प्रतिकृया दिनुहोस