नेप्से परिसूचक र काराेबार रकम सर्लक्कै घट्याे
- गाउँ सहर संवाददाता
- २२ भदौ आइतबार, २०८२ | १५:४८:०० मा प्रकाशित

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ विन्दुमा अडिएको छ। यसदिन ३३४ स्क्रिप्सको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँमा खरिदिबिक्री भए।
कारोबारमा आएकामध्ये ७९ वटा स्टक्सको मूल्य बढ्दा १७३ वटाको घट्यो। हिमस्टार उर्जा कम्पनीको सेयर ९.९७ प्रतिशतले बढ्दा एनआईबीए समृद्धि फण्ड २ को ५.८३ ,युनिर्भसल पावर कम्पनीको ५.१२ र मेघा म्युचुअल फण्ड-१को ४.६९ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनी २९ करोडको सेयर कारोबार हुँदा ,नेपाल रिइन्स्योरेन्सको २७ करोड,एभरेष्ट बैंकको २२ करोड,हिमालयन डिस्टिलरीको १६ करोड र युनिर्भसल पावरको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
तीन समूहको उपसूचकबाहेक अन्यको घट्यो। फाइनान्स,मनु एण्ड प्रो र म्युचुअल फण्डको उपसूचक बढ्दा अन्य समूहको उपसूचक घटेको हो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामाजिक सञ्जाल नियमन गर्ने हो, बन्द होइन - कांग्रेस
- आज खग्रास चन्द्रग्रहण, कतिबेला देखिन्छ ?
- अझै ६१ स्थानीय तहले ल्याउन सकेनन् बजेट
- इन्द्रजात्रा पर्व मनाइँदै आज
- रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध चयन
- डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण
- सूचीकृत नभएका सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णय, के-के चल्छ अब नेपालमा ?
- भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी
- मंगलबार घटेर बन्द भएको नेप्सेले बुधबार पनि घट्याे
- नेप्सेसँगै कारोबार रकम पनि गिरावट
प्रतिकृया दिनुहोस