रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध चयन
- गाउँ सहर संवाददाता
- २० भदौ शुक्रबार, २०८२ | १८:३०:०० मा प्रकाशित

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध चयन भएका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो ।
समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो ।
बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रश्तावलाई नेकपा (एमाले)का सांसद महेश बर्तौलाले समर्थन जनाए ।
खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति थिए ।
संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका सम्बन्धमा छानबिन गर्न गठित समितिले उनलाई नैतिक र राजनीतिक जिम्मेवार ठहर गरेपछि राजीनामा दिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्ध (पितृ पक्ष) आजबाट सुरु, यसको महत्व
- एमाले विधान महाधिवेशनबाट सबै प्रतिवेदन पारित, फेरियाे झण्डामा अंकित हँसिया हथौडाको रंग
- नेप्से परिसूचक र काराेबार रकम सर्लक्कै घट्याे
- सामाजिक सञ्जाल नियमन गर्ने हो, बन्द होइन - कांग्रेस
- आज खग्रास चन्द्रग्रहण, कतिबेला देखिन्छ ?
- सुर्तीजन्य पदार्थमा न्यून कर वृद्धि गरेकाेमा असन्तुष्टि
- अझै ६१ स्थानीय तहले ल्याउन सकेनन् बजेट
- इन्द्रजात्रा पर्व मनाइँदै आज
- डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण
- सूचीकृत नभएका सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णय, के-के चल्छ अब नेपालमा ?
प्रतिकृया दिनुहोस