राजनीति

एमाले विधान महाधिवेशनबाट सबै प्रतिवेदन पारित, फेरियाे झण्डामा अंकित हँसिया हथौडाको रंग

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरू सर्वसम्मतले पारित भएको छ ।

ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतले प्रतिवेदन प्रस्तुत गरेका थिए ।  

पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए । महाधिवेशनमा विभिन्न आयोगहरूका प्रतिवेदन पनि प्रस्तुत भएका थिए ।

त्यसैगरि पार्टी स्थापनाको ७५ वर्षे इतिहासमा विश्व कम्युनिष्ट पार्टीहरुको लोगो हँसिया हथौडाको रंग एमालेले फेरेको छ । सेतो रंग प्रयोग हुँदै आएकोमा अब एमालेले रातो रंगमा सनौलो कलरको हँसिया हथौडा अंकित हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत