गाउँ सहर

देवानगन्ज–कप्तानगन्ज घटनाः सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आह्वान

विराटनगर। जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय बैठकले देवानगन्ज–कप्तानगन्ज घटनापछि सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित रहन आह्वान गरेको छ।

बैठकले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले समन्वयात्मक भूमिका खेल्ने निर्णय गरेको छ। प्रशासनका अनुसार देवानगन्ज, घुस्की, कप्तानगन्ज, भुटहा र हरिनगरा क्षेत्रमा निषेधाज्ञा जारी रहेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।

कप्तानगन्जमा दुई समूहबीच भएको झडपमा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा निधन भएको थियो।

गाउँ सहर संवाददाता

तपाईँको मत