फोटो

भेडेटार स्काइ वाक

  • २७ श्रावण बुधबार, २०८३ | ०७:२९:०० मा प्रकाशित

कोसी प्रदेशको चर्चित पर्यटकीय गन्तव्य धनकुटाको भेडेटारमा सञ्चालित स्काइवाक अहिले नयाँ आकर्षणका रुपमा स्थापित भइरहेको छ । पारदर्शी सिसामाथि हिँड्दै पूर्वी नेपालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइने भएकाले दैनिक सयौँ पर्यटक स्काइ वाक पुग्ने गरेका छन् ।  २०८१ साउन ११ गतेदेखि सञ्चालनमा आएको स्काइवाकमा दुई वर्षमा तीन लाख नौ हजारभन्दा बढी पर्यटक पुगेका छन् । तस्बिर : ईश्वर थापा/रासस

तपाईँको मत