कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- गाउँ सहर संवाददाता
- २८ श्रावण बिहीबार, २०८३ | १४:५९:०० मा प्रकाशित
काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
बिहीबार दिउँसो बैंककबाट काठमाडौँ आइपुगेका देउवाको विमानस्थलमा स्वागत गरिएको हो। उनको स्वागतका लागिका कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुक विमानस्थल पुगेका थिए।
कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका नेताहरू विमानस्थल पुगेका हुन्।
गत भदौमा जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण गरिएको थियो। उनको घरमा आगजनी गरिएको थियो।
त्यसपछि उपचारका लागि उनी सिंगापुर गएका थिए। पछिल्लो पटक फागुनमा थप उपचारका लागि सिंगापुरहुँदै हङकङ पुगेका थिए।
स्वदेश फिर्तीपछि चार बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका देउवाले अपिलको अन्त्यमा लेखेका छन्, ‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु- विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर।’
हेर्नुहोस् पूरा अपिल-


गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
प्रतिकृया दिनुहोस