चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- गाउँ सहर संवाददाता
- २२ श्रावण शुक्रबार, २०८३ | ०८:३२:०० मा प्रकाशित
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार सार्वजनिक निकायको सिफारिसका आधारमा चार निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको हो। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन नपाउने कार्यालयले स्पष्ट गरेको छ।
कार्यालयका अनुसार ईश्वरणी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, काठमाडौँ – एक वर्ष ६ महिना, अपन निर्माण सेवा, ललितपुर – दुई वर्ष, खड्क निर्माण सेवा, बझाङ, एन.एल. कन्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, काठमाडौँर माण्डौँ निर्माण सेवा (संयुक्त उपक्रम) – तीन वर्ष र एम.आर.–आरजे जेभी, सिराहा, आशिष कन्ट्रक्सन, चितवन र आशिष कन्ट्रक्सन मल्टिपर्पोज प्रालि, उदयपुर (संयुक्त उपक्रम) – तीन वर्ष कालोसूचीमा परेका छन्।
यी कम्पनी तथा संयुक्त उपक्रमहरूलाई क्रमशः विराटनगर महानगरपालिका, सूर्या नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका (बझाङ) र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, राजविराज को सिफारिसमा कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार कालोसूचीमा परेका व्यक्ति, फर्म वा कम्पनीले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
- कमिसन माग्दा गाउँपालिकाका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
- प्रभु बैंकको खण्डन: बैंकिङ प्रक्रियालाई गलत व्याख्या नगर्न आग्रह
प्रतिकृया दिनुहोस