दाईं महोत्सवमा रमाए विदेशी पर्यटक
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर शनिबार, २०८३ | २२:३३:०० मा प्रकाशित
पोखरा । पोखरा महानगरपालिकावडा नं २९को नौबिसेमा कृषि र पर्यटनलाई जोड्ने उद्धेश्यले आयोजित दाईं महोत्सवमा स्वदेशी साथै विदेशी पर्यटक रमाएका छन्।
पोखरा पर्यटन परिषद र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा नेपाल पर्यटन वोर्डको प्रवद्धृनमा शनिवार ’तेस्रो दाई महोत्सव–२०८३’ सम्पन्न भएको हो।
गोरु खेद्ने, धान चुट्ने, पराल बाँध्ने जस्ता कार्यमा सहभागिता जनाउँदै विदेशी पर्यटकहरु पञ्चेबाजाको तालमा नाचेका थिए भने सेलरोटी, जेठोबुढो धानबाट बनाइएको लट्टे खाँदै नेपाली कला, सस्कृित र नेपालीको आतिथ्यमा रमाएका देखिन्थे ।
महोत्सवमा स्कुले विद्यार्थी लगायत स्थानीय कृषि सञ्जालका सदस्यहरु पनि उल्लेख्य सहभागी थिए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले लोपोन्मुख अवस्थामा पुगेको गोरुले दाई गर्ने परम्परा संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले आयोजित महोत्सव निकै महत्वपूर्ण रहेकोे बताए । नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले परम्परागत कृषिलाई पर्यटनसँग जोड्दै समृद्धि हाँसिल गर्न सकिने धारणा राखे ।
परम्परागत दाईको संरक्षण र प्रवद्धन गर्दै कृषिलाई पर्यटनसंग जोड़ने उद्देश्यले महोत्सव आयोजना गरिएको पोखरा पर्यटन परिषद अध्यक्ष हरी भुजेलले बताए।
दाई महोत्सवमा चार हल गोरुले दाई लगाएको थियो भने १७ जना दैदेराहरुले गोरु धपाउने, दंदेरा लगाउने, पराल बाँधे, परालको कुनियो लगाउनेलगायतका गतिविधी समावेश गरिएक अध्यक्ष भुजेलले जानकारी दिए ।
सोही अवसरमा उत्कृष्ट धान उत्पादक कृषकलाई सम्मान समेत गरिएको थियो।दाई कार्यक्रम संयोजक हरिराम अधिकारीले ५० बढी विदेशी पर्यटकको दाई महोत्सवमा सहभागीत रहेको जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालीको औसत आयु ७३.५ वर्ष पुग्याे, ७० प्रतिशत मृत्यु नसर्ने रोगबाट
- सार्वजनिक ऋण ३० खर्ब नजिक, चार महिनामै ऋण भुक्तानीमा १ खर्ब ४० अर्ब खर्च
- नेप्से र कारोबार रकम दुवैमा वृद्धि
- चार महिनामा ८ खर्ब बढीको वस्तु आयात, व्यापार घाटा ६ खर्ब ६८ अर्बमाथि
- गगन थापाको सरकारलाई चुनौती : ‘पक्राउ गर्न आउँदा हतकडी लिएर आउनुहोला’
- बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण
- गुरु पद्मसम्भवको मूर्ति उद्घाटनसँगै राप्ने पूजा सुरु, सुनापतिमा पर्यटन महोत्सवको तयारी तीव्र
- २२औं लेखनाथ महोत्सव पुस २ देखि
- २४ बुँदामा नेपाल-भारत संयुक्त वक्तव्य (पूर्ण पाठसहित)
- यी हुन् नेपाल-भारतबीच भएका ८ समझदारी
प्रतिकृया दिनुहोस