यी हुन् नेपाल-भारतबीच भएका ८ समझदारी
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर सोमबार, २०८३ | १४:१८:०० मा प्रकाशित
काठमाडौं । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बालेनबीच आठ विषयमा समझदारी भएको हो।
यी हुन् समझदारीमा हस्ताक्षर भएका आठ विषय
१. फरेन्सिक विज्ञानमा सहकार्य : गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ।
२. प्रहरी प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ।
३. प्रशासनिक अधिकारीहरूको तालिम : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन्।
४. आयुर्वेद र परम्परागत चिकित्सा : दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्नेछन्।
५. स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ।
६. सहरी विकास : दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन्।
७. स्वास्थ्य र चिकित्सा : भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा मिलेर काम गर्नेछन्।
८. पशुपालन र मत्स्यपालन : दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्नेछन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने मोदीको घोषणा
- एनपीएलका आठ कप्तान : कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर
- भारतमा मोदीद्वारा प्रधानमन्त्री बालेनको स्वागत, समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट, विविध क्षेत्रमा सहकार्यबारे छलफल
- प्रधानमन्त्री बालेन शाह पुगे नयाँ दिल्ली
- प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारत जाँदै
- भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न सभापति गगन थापा विज्ञ टोलीसहित पुगे
- सुदूरपश्चिमलाई एनपिएलको उपाधि, मन्सेको किर्तिमानी शतक
- उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- कर सप्ताहमा लेखनाथका व्यवसायीलाई कर शिक्षा
प्रतिकृया दिनुहोस