सुदूरपश्चिमलाई एनपिएलको उपाधि, मन्सेको किर्तिमानी शतक
- गाउँ सहर संवाददाता
- ५ मङ्सिर शनिबार, २०८३ | २०:००:०० मा प्रकाशित
काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि उचालेको छ।
शनिबार भएको फाइनलमा लुम्बिनीलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक एनपीएलको उपाधि जितेको हो। लगातार तेस्रो सिजन फाइनल खेलेको सुदूरपश्चिमले उपाधि जितेसँगै लगातार तेस्रो सिजन फरक टिमले एनपीएलको उपाधि जितेका छन्।
पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो। दोस्रो सिजन लुम्बिनीसँग नै ६ विकेटको हार व्यहोरेको थियो।
तेस्रो सिजनको उद्घाटन र लिग चरणमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले फाइनलमा उपाधि जित्दै त्यो हारको बदला समेत लिएको छ।
सुदूरपश्चिमसँग पराजित भएपछि लुम्बिनीले भने लगातार दोस्रो पटक उपाधि जित्दै इतिहास बनाउने सुन्दर मौका गुमायो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट, विविध क्षेत्रमा सहकार्यबारे छलफल
- प्रधानमन्त्री बालेन शाह पुगे नयाँ दिल्ली
- प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारत जाँदै
- भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न सभापति गगन थापा विज्ञ टोलीसहित पुगे
- उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- कर सप्ताहमा लेखनाथका व्यवसायीलाई कर शिक्षा
- हिमाल आरोहणबाट ३३ करोडभन्दा बढी राजस्व सङ्कलन, मनास्लुबाट मात्रै २२ करोड
- कम्पनीहरूलाई ठूलो राहत : कर, शुल्क र जरिवाना दाखिला गर्ने म्याद पुस मसान्तसम्म थपियो
- प्रधानमन्त्री आइतबार दिउँसाे भारत उड्दै, के–के छन् कार्यक्रम ?
- एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
प्रतिकृया दिनुहोस