प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट, विविध क्षेत्रमा सहकार्यबारे छलफल
- गाउँ सहर संवाददाता
- ६ मङ्सिर आइतबार, २०८३ | २०:०२:०० मा प्रकाशित
काठमाडाैं । छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा यहाँ रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको शिष्टाचार भेटवार्तामा नेपाल र भारत सम्बन्धका विविध पक्ष, ‘कनेक्टिभिटी’, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल श्रेत्रीले जानकारी दिए ।
यसैगरी, प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशङ्करबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि सो अवसरमा छलफल भएको थियो ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न यहाँ आइपुगेका हुन् ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी, सञ्चारकर्मीसमेत छन् ।
प्रधानमन्त्री शाह नयाँदिल्लस्थित विभिन्न कार्यक्रम तथा उच्चस्तरीय भेटघाटमा सरिक भई दुईदिने राजकीय भ्रमण सम्पन्न गरी भोलि मङ्सिर ७ गते सोमबार साँझ स्वदेश फर्कने तालिका छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री बालेन शाह पुगे नयाँ दिल्ली
- प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारत जाँदै
- भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न सभापति गगन थापा विज्ञ टोलीसहित पुगे
- सुदूरपश्चिमलाई एनपिएलको उपाधि, मन्सेको किर्तिमानी शतक
- उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- कर सप्ताहमा लेखनाथका व्यवसायीलाई कर शिक्षा
- हिमाल आरोहणबाट ३३ करोडभन्दा बढी राजस्व सङ्कलन, मनास्लुबाट मात्रै २२ करोड
- कम्पनीहरूलाई ठूलो राहत : कर, शुल्क र जरिवाना दाखिला गर्ने म्याद पुस मसान्तसम्म थपियो
- प्रधानमन्त्री आइतबार दिउँसाे भारत उड्दै, के–के छन् कार्यक्रम ?
- एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
प्रतिकृया दिनुहोस