उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- गाउँ सहर संवाददाता
- ५ मङ्सिर शनिबार, २०८३ | ०७:४४:०० मा प्रकाशित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ ।
लगातार दोस्रो पटक फाइनलमा पुगेका यी दुई टोली यसपटक पनि उपाधिका लागि आमनेसामने हुन लागेका हुन् । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई नै पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो । यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यमा लुम्बिनी छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ११ अंकसहित पहिलो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेर फाइनल पुगेको हो । पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो । यसअघि लिग चरणको भेटमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो ।
तर, पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमले उपाधि यात्रालाई कायम राख्यो । दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो । १० अंकसहित लिग चरणमा दोस्रो भएको सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको टोली हो ।
यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीसँग हारेको थियो । त्यसैले यसपटक सुदूरपश्चिम लगातार तीन पटक फाइनल पुगेर पनि उपाधिविहीन बन्ने क्रम तोड्ने लक्ष्यमा हुनेछ ।
लुम्बिनीका कप्तान रोहित पौडेल र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेका दुवै टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट, विविध क्षेत्रमा सहकार्यबारे छलफल
- प्रधानमन्त्री बालेन शाह पुगे नयाँ दिल्ली
- प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारत जाँदै
- भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न सभापति गगन थापा विज्ञ टोलीसहित पुगे
- सुदूरपश्चिमलाई एनपिएलको उपाधि, मन्सेको किर्तिमानी शतक
- कर सप्ताहमा लेखनाथका व्यवसायीलाई कर शिक्षा
- हिमाल आरोहणबाट ३३ करोडभन्दा बढी राजस्व सङ्कलन, मनास्लुबाट मात्रै २२ करोड
- कम्पनीहरूलाई ठूलो राहत : कर, शुल्क र जरिवाना दाखिला गर्ने म्याद पुस मसान्तसम्म थपियो
- प्रधानमन्त्री आइतबार दिउँसाे भारत उड्दै, के–के छन् कार्यक्रम ?
- एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
प्रतिकृया दिनुहोस