भारतमा मोदीद्वारा प्रधानमन्त्री बालेनको स्वागत, समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर सोमबार, २०८३ | ११:१३:०० मा प्रकाशित
काठमाडौं । आइतबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।
आ–आफ्ना प्रतिनिधि मण्डलका प्रतिनिधिसहित भेट गरेका छन् । वालेन्द्र शाहले त्यसअघि गार्ड अफ अनर लिएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले शाहलाई अंगालो हालेर स्वागत गरेका थिए । नयाँ दिल्लीस्थित भारतको राष्ट्रपति कार्यालयको पोडियममा प्रधानमन्त्री शाह र मोदीले भेट गरेका हुन् ।
प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा उनले गान्धीका आदर्शले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्व निर्माणको साझा यात्रालाई सधैं उज्यालो बनाइरहने विश्वाससमेत व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले नेपालका जनता र सरकारका तर्फबाट गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको जीवनले सत्यमा कुनै पनि शक्तिभन्दा अतुलनीय सामर्थ्य हुने प्रमाणित गरेको उल्लेख गरेका छन् ।
भगवान् गौतम बुद्धको जन्मभूमि नेपालबाट आएको उल्लेख गर्दै उनले गान्धीको विरासतमा पनि त्यही अमर प्रकाश देखेको बताएका छन् । ‘करुणा नै सर्वोच्च शक्ति हो र साँचो नेतृत्व भनेको समाजका सबैभन्दा विनम्र मानिसको निःस्वार्थ सेवा गर्नु हो,’ उनले लेखेका छन् ।
नेपाल र भारत साझा भूगोलले मात्रै नभई आस्था, आत्मीयता र अटुट मित्रताको शाश्वत विरासतले जोडिएको उल्लेख गर्दै शाहले दुई देशबीचको सम्बन्धलाई इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् नेपाल-भारतबीच भएका ८ समझदारी
- नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने मोदीको घोषणा
- एनपीएलका आठ कप्तान : कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर
- प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट, विविध क्षेत्रमा सहकार्यबारे छलफल
- प्रधानमन्त्री बालेन शाह पुगे नयाँ दिल्ली
- प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारत जाँदै
- भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न सभापति गगन थापा विज्ञ टोलीसहित पुगे
- सुदूरपश्चिमलाई एनपिएलको उपाधि, मन्सेको किर्तिमानी शतक
- उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- कर सप्ताहमा लेखनाथका व्यवसायीलाई कर शिक्षा
प्रतिकृया दिनुहोस