चार महिनामा ८ खर्ब बढीको वस्तु आयात, व्यापार घाटा ६ खर्ब ६८ अर्बमाथि
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बुधबार, २०८३ | १५:०९:०० मा प्रकाशित
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
भन्सार विभागको तथ्यांकअनुसार वस्तु आयात ३१.७७ प्रतिशतभन्दा बढीले बढेको हो । यस अवधिमा नेपालको निर्यात व्यापार पनि ४३.४८ प्रतिशतले वृद्धि भएको छ ।
चार महिनामा १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९३ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो ।
आयात र निर्यात दुवैमा वृद्धि भए पनि व्यापार घाटा भने २९ दशमलव ६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै, समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेर ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ थियो ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ । अघिल्लो वर्ष १३.३० प्रतिशत रहेको निर्यातको हिस्सा चालु आर्थिक वर्षमा १४.३१ प्रतिशत पुगेको छ । यसैगरी आयातको हिस्सा ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा सीमित भएको छ । न्युज एजेन्सी नेपाल
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से र कारोबार रकम दुवैमा वृद्धि
- गगन थापाको सरकारलाई चुनौती : ‘पक्राउ गर्न आउँदा हतकडी लिएर आउनुहोला’
- बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण
- गुरु पद्मसम्भवको मूर्ति उद्घाटनसँगै राप्ने पूजा सुरु, सुनापतिमा पर्यटन महोत्सवको तयारी तीव्र
- २२औं लेखनाथ महोत्सव पुस २ देखि
- २४ बुँदामा नेपाल-भारत संयुक्त वक्तव्य (पूर्ण पाठसहित)
- यी हुन् नेपाल-भारतबीच भएका ८ समझदारी
- नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने मोदीको घोषणा
- एनपीएलका आठ कप्तान : कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर
- भारतमा मोदीद्वारा प्रधानमन्त्री बालेनको स्वागत, समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण
प्रतिकृया दिनुहोस