स्कूल ब्यागको बोझ उठाउने बच्चा शारीरिक र मानसिक रुपमा बढी तन्दरुस्त, पढाईमा पनि अब्बल
- गाउँ सहर डेस्क
- ८ फाल्गुण बिहीबार, २०७६ | १७:४३:०० मा प्रकाशित

वाशिंगटन । स्कूल ब्यागको बोझ उठाउने बच्चा शारीरिक र मानसिक रुपमा तन्दरुस्त हुने एक अध्ययनले बताएको छ ।
स्कूलको जीवन र बच्चालाई धेरै किताव कापी झोलाभरी बोकाएको यतिबिघ्न गूनासो आइनै रहेको बेला सो अध्ययनले भारी ब्याग बोक्ने शारीरिक र मानसिक रुपमा तन्दरुस्त हुने बताएको हो ।
अमेरिकन जर्नल अफ हेल्थ एजुकेशनमा प्रकाशित एक रिपोर्टमा यो दावी गरिएको छ कि जो बच्चा भारी ब्याग बोक्छ, उनको पेट र पिठ्यूँमा मांशपेशी बढी मजबूत हुन्छ । यसको कारण उनीहरु बढी सक्रिय र स्वस्थ हुन्छन् ।
ह्यूस्टनस्थित राइस यूनिभर्सिटीद्वारा १२ वर्षदेखि १७ वर्षसम्मका ६ हजार बच्चाको स्वास्थ्यमा गरिएको एक अध्ययनका अनुसार भारी ब्याग उठाउने बच्चाको विकास अन्य बच्चाको तुलनामा उत्कृष्ट हुन्छन् । अध्ययन विशेषज्ञ अमेरिकन शिरोप्राक्टिस एसोसिएशनका अनुसार बच्चालाई स्कूलको भार बच्चाको वजनको हिसावले ५ देखि १० प्रतिशत वजन हुनुपर्दछ ।
अध्ययनकर्ताले १३२ विद्यार्थीहरुको दुइ अलग-अलग समूह बनाए
अध्ययनका अनुसार सामुदायिक स्कूलका छात्रछात्राले कर्ल-अप मेट्रिकको प्रदर्शन गरे, जसले पेटको तागत र क्षमता मापन गर्दछ । अध्ययनकर्ताले १३२ विद्यार्थीको दुइ अलग अलग समूह बनाए । एउटा समूहले आफ्नो वजनका अनुसार निर्धारित मापदण्ड अर्थात १० प्रतिशत सम्म वजन उठाए, जबकी अर्को समूहले २५ प्रतिशत सम्म । यो प्रक्रिया करिब दुइ महिनासम्म चल्यो । बढी वजन उठाउने विद्यार्थी कम वजन उठाउनेको तुलनामा बढी तन्दरुस्त निक्लिए ।
आन्तरिक परीक्षाको परिणाममा पनि यो समूहले उत्कृष्ट प्रदर्शन गर्यो र उनीहरुले स्वास्थ्यलाई लिएर कुनै गूनासो पनि दर्ता गराएनन् । जबकी कम वजन उठाउने विद्यार्थीको समूहमा बढी विद्यार्थीले मांशपेशीमा दुखाई भएको गूनासो दर्ता गराए । मुख्य अनुसन्धानकर्ता लारा काबिरीले भनिन्, ‘हामी यो अध्ययनबाट बच्चाको ब्यागको तौल बढाउने कुरालाई सिफारिश गर्न गइरहेका छैनौँ, तर यो बताउन चाहन्छौँ कि बढी बोझले पनि बच्चालाई तन्दरुस्त राख्न सक्छ । यसले कुनै नोक्सानी हुँदैन ।’
नेपालमा पनि अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्न दवाब धेरै समयबाट भइरहे पनि पूर्ण कार्यान्वयनमा भने आएको छैन । स्कूल ब्यागको भारको विषयलाई लिएर अभिभावकहरुले धेरै नै गूनासो गरिरहेका छन् । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- के जीवन यति जटिल हुनुपर्ने हो? कसरी सहज बनाउने ?
- शैक्षिक क्षेत्रमा 'उत्कृष्ट नतिजा' नै विद्यार्थीले रिलायन्स कलेज छान्नुकाे अब्बल आधार
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- चुनौतीकाे चाङमा नयाँ गभर्नर पाैडेल, राष्ट्र बैंकलाई सही दिशाकाे खाँचाे
- पाद्नु लाज हो कि स्वास्थ्यको लागि फाइदाजनक, किन आउँछ पाद ? केहि रोचक तथ्य
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
प्रतिकृया दिनुहोस