दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- गाउँ सहर संवाददाता
- ३ कार्तिक मंगलबार, २०८३ | ११:२७:०० मा प्रकाशित
काठमाडौँ। बडादशैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो जन्मथलो फर्किने यात्रुको चाप बढ्दै गएको छ। घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उक्त सङ्ख्यामा यात्रु उपत्यकाबाट बाहिरिएका हुन्। उपत्यका छाड्ने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष रहेका छन्।
अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँमा बसोबास गर्दै आएका मानिसहरू दशैँ मनाउन घर फर्किन थालेपछि उपत्यकाका प्रमुख नाका तथा बसपार्कमा यात्रुको चहलपहल बढेको छ। सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेसँगै उपत्यकाबाट बाहिरिने सडकमा समेत सवारीसाधनको आवागमन बाक्लिएको छ।
हाल नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रुहरू बाहिरिरहेका छन्।
चाडपर्वका समयमा यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न, सवारी चाप व्यवस्थापन गर्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले निगरानी बढाएको एसएसपी काफ्लेले जानकारी दिएका छन्। ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएर सवारी आवागमन व्यवस्थापनमा सक्रिय रहेको उनले बताए।
प्रहरीले लामो दूरीको यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न, चालकको स्वास्थ्यमा ध्यान दिन तथा यात्राका क्रममा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। दशैँमा घर फर्किने यात्रुलाई सुरक्षित यात्रा गर्न र ट्राफिक नियमको पालना गर्नसमेत प्रहरीले अनुरोध गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
प्रतिकृया दिनुहोस