सडक/यातायात

दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ। बडादशैँको अवसरमा नेपाल प्रहरीले आज काठमाडौँ उपत्यकामा तीनवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

सार्वजनिक यातायातको अभावमा यात्रुलाई आवागमनमा सहजता प्रदान गर्ने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिलो सिफ्टको बस बिहान ८ बजे र दोस्रो सिफ्टको बस दिउँसो ३ः३० बजेबाट सञ्चालन हुनेछ ।

तीनवटा रुटमा सञ्चालन हुने बसको मार्ग यस्तो छ :

रुट नम्बर १ : नक्सालबाट सुरु हुने बस बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ ।

रुट नम्बर २ : नक्सालबाट सुरु हुने बस रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक, कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै पुनः नक्साल फर्किनेछ ।

रुट नम्बर ३ : नक्सालबाट सुरु हुने बस सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल फर्किनेछ ।

निःशुल्क बस सेवाबाट दशैँका बेला सार्वजनिक यातायातको अभावमा आवतजावत गर्नुपर्ने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत