शिक्षा

सुनापति- १ काे पञ्चकन्या प्राविकाे व्यवस्थापन समितिमा किचलाे, खाली काेटामा दर्खास्त नदिन धम्काइएकाे आराेप

रामेछाप । सुनापति गाउँपालिका वडा नं. १ गुन्सि भदाैरेस्थित पञ्चकन्या प्राविमा खुलाइएकाे अस्थायी शिक्षक काेटाकाे विषयमा किचलाे देखिएकाे छ ।

एकजना शिक्षककाे लागि खुलाइएकाे काेटा कानुनसम्मत नभएकाे र विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारीले दर्खास्त दिनकाे लागि पनि अन्यलाई बन्देज लगाएकाे आराेप लगाएका छन् ।   

केही वर्षअघि अस्थायी शिक्षक भएकाे ठाउँमा स्थायी शिक्षक आइ पदपूर्ति भएकाे ठाउँमा अहिले ती शिक्षकलाई काभ्रे सरूवा गरेर व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर बम्जनले  आफ्नाे भाइलाई जागिर खुवाउनकाे लागि लामाे समयदेखि प्रपञ्च रचिएकाे व्यवस्थापन समितिकै केही पदाधिकारीकाे आराेप छ । 

व्यवस्थापन समितिका सदस्यमध्ये एक श्याम माझीकाे आराेप छ - "म अघिल्लाे व्यवस्थापन समितिमा सदस्य थिए र अहिले पनि । अघिल्लाे व्यवसथापन समितिमा हुँदा सार्वजनिक रूपमा एकपटक मिटिङ्ग नबसि कार्यकाल सकियाे । भित्री रूपमा कागजपत्र तयार गर्ने र हस्ताक्षर गर्ने काम भयाे । हामीलाई कहिल्यै सरिक गराइएन । अहिले पनि त्यही क्रम दाेहाेरिएकाे छ । अहिले कर्णबहादुर बम्जनकाे अध्यक्षतामा १० जनाकाे व्यवस्थापन समिति छ तर बैठकमा मसहित दिपक माझी, चेत कुमारी माझीलाई कुनै खबरै हुन्न । अध्यक्षले विद्यालयकाे लेडरप्याड र स्ट्याम्प खल्तिमा बाेकेर हिड्ने अनि केही व्यक्ति बसेर आफू अनुकूल निर्णय गर्दै अन्य सदस्यहरूका घरमै गएर हस्ताक्षर गर्न लगाउने गरेका छन् हामीले त्यसकाे विराेध गर्दा अहिले हामीलाई बैठककाे सूचना नै दिँदैनन् ।"

माझीकाे थप आराेप छ- "व्यवस्थापन समितिकाे अध्यक्षकाे भाइलाई विद्यालयमा नियुक्त गर्नकाे लागि भइरहेकाे स्थायी शिक्षक सरूवा गरेर अनेक प्रपञ्च रचिएकाे छ । खुलाइएकाे काेठामा पनि अरू कसैले दर्खास्त नहाले हुन्छ भन्ने गरेका छन् । आउनुपर्दै भन्दै विद्यालय प्रधानाध्यप्क श्यामप्रसाद गाैतमलेसमेत भन्ने गरेकाे भन्ने सुनेकाे छु । याे गैरजिम्मेवारी र कानुन सम्मत हाेइन । हामी माझीकै केटाकेटीहरू त्यहाँ बढि छन् र हामीलाई हाम्रा छाेराेछाेरी र विद्यालयकाे भविष्यप्रति चिन्ता छ तर उनीहरूले आफ्ना मान्छेलाई जागिरकाे खुवाउनेकाे मात्र चिन्ता । व्यवस्थापन समितिकाे उक्त निर्णय गर्ने बैठकमा हामीलाई खबरै गरिएकाे छैन । त्याे कसरी वैधानिक हुन्छ ? हेड सरलाई पनि व्यवस्थापन समितिकाे निर्णय लागू गर्न बाध्य बनाइएकाे छ । यसमा हाम्राे असहमति हाे ।"

विद्यालयमा अस्थायी शिक्षक माग गरिएकाेले दर्खास्त दिन खाेज्दा यहाँ आउनै पर्दैन, पहिल्यै सेटिङ्ग भइसकेकाे छ । बेकारमा २५ सय रूपैयाँकाे शुल्क तिरेर किन दर्खास्त दिनु भन्दै विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद गाैतमले बताउने गरेकाे केही इच्छुक आवेदनकर्ताकाे आराेप छ । 

यस सम्बन्धमा व्यवस्थापन समितका अध्यक्ष कर्णबहादुर बम्जनले भने याे कुरा अस्वीकार गरे । उनी याे सबै राजनीतिक गन्धमात्र भएकाे बताउँछन् । प्रधानाध्यापक गाैतमसँग भने सम्पर्क हुन सकेन ।

अध्यक्ष बम्जनले भने- "यी लगाइएकाे कुरामा कुनै सत्यता छैन् । आराेपका लागि आराेप मात्र हाे । पहिलाे कुरा यहाँ हुनुभएकाे स्थायी शिक्षक आफ्नाे पायक पर्ने ठाउँमा सरूवा भएर गएपछि उक्त ठाउँमा प्रक्रिया पुर्‍याएर कानूनसम्मत अनुमति लिएर अस्थायी शिक्षक माग गरिएकाे हाे । माग गरिएकाे सूचना सुनापति गाउँपालिका, विद्यालय परिसर र वडा कार्यालयमा पनि टाँस गरिएकाे छ । दाेस्राे कुरा, माग गरिएकाे ठाउँमा जाे काेहीले निवेदन दिन सक्छन् । धाक धम्की दिएकाे, दर्खास्त दिन नदिएकाे भन्ने कुरा सरासर झुट हाे । यसमा एक प्रतिशत पनि सत्यता छैन । प्रक्रिया पुर्‍याएर याेग्य उम्मेद्वार जाेसुकैले दर्खास्त दिन सक्छन् । ताेकिएकाे नियम कानूनभित्र रहेर परीक्षा सञ्चालन भइ याेग्य शिक्षक राख्ने हाम्राे पनि चाहना हाे । यसभित्र न मेरा नातागाेताकाे कुरा छ न पराइ कै । यही ३० गतेसम्म दर्खास्त दिने समय छ । बरू अहिलेसम्म एकजनाकाे पनि दर्खास्त परेकाे छैन ।" 

"म पनि विद्यालयकाे शैक्षिक सुधार गर्न लागि परेकाे छु । केही साथीहरूकाे गुनासाे व्यवस्थापन समितिले हामीलाई जानकारी गराएन भन्ने छ त्यसाे हाेइन । हामीले पत्र काटेका छाैं । हामीसँग प्रतिलिपी सुरक्षित छ । खबर गरेका छाैं । उहाँहरू नै आउनुहुन्न । यदि हामीले गरेकाे कामकारबाही कानूनसम्मत छैन भन्ने लाग्छ भने उजूरी गर्ने विभिन्न निकायहरू छ हामी जवाफ दिन तयार छाैं । गल्ति नगरेकाले हामी डराउँदैनाैं । उहाँहरू उपस्थित हुनुहुन्न अनि हामी बहुमत सदस्यले निर्णय गर्नु स्वभाविकै हाे नि "-उनले भने ।

वडाध्यक्ष चण्डेश्वर चाैलागाइले विद्यालय सबैकाे साझा थलाे भएकाेले त्यहाँ विशुद्ध शैक्षिक क्रियाकलाप हुनपर्छ । तर केही राजनीतिक गन्ध पनि मिसिएकाे स्वीकार गरे । 

"शैक्षिक संस्थामा चरम राजनीतिक चलखेल गर्न खाेजिएकाे छ । म त्यसाे हुन दिन्न । विद्यालयले प्रक्रिया पुर्‍याएर शिक्षककाे माग गरेकाे छ । हामीलाई हाम्राे भन्दा पनि रामाे शिक्षक चाहिएकाे छ न कि पार्टीकाे झाेला बाेक्ने । त्यसैले याेग्य व्यक्ति जाेकाेहीले दर्खास्त दिन सक्छन् । दर्खास्तै दिन नदिने भन्ने प्रश्नै हुन्न । पञ्चायतमा त हुन्नथ्याे याे त लाेकतन्त्र । यदि त्यस्ताे हाे रहेछ भने स्थानीय सरकार छ म छु । उनीहरूकाे दर्खास्त बुझेर प्रक्रियामा सामेल गराउँछु । त्यसमाथि दर्खास्त एक जनाकाे पनि नआएकाे खबर पाएकाे छु अनि कसरी दिएन भन्न सुहाउँछ ? याे केवल आराेप मात्र हाे । हामी पछिल्लाे समय वडाभित्रका विद्यालयका शैक्षिक गतिविधि सुधार र गुणस्तर बनाउनै केन्द्रित छाैं । यदि विद्यालयमा दर्खास्त बुझ्न आनाकानी गरेकाे खण्डमा सम्बन्धित व्यक्तिले मलाइ सिधै सम्पर्क गर्दा हुन्छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत