भिडिओ

प्राध्यापन गरेर भात खान पाउँ भन्न पाउने कि नाईं ? त्रिविका आंशिक प्राध्यापकको माग कहिले पूरा हुन्छ ?

काठमाडौँ । लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहेका आंशिक प्राध्यापकहरुको माग अहिलेसम्म पूरा गरिएको छैन ।

विभिन्न सम्झौता गर्दै विश्वविद्यालयले प्राध्यापकसँग गरिएको सहमति पालना नगरिँदा आंशिक प्राध्यापकहरु अहिले विश्वविद्यालय केन्द्रित आन्दोलन गरिरहेका छन् ।

उनीहरु भनिरहेका छन्, पढाएको ज्याला देउ, पेशाको ग्यारेन्टी गर अनि करार गर ।

तर विश्वविद्यालय आफूले नै गरेको सहमतिमा कार्यान्वयन गर्न पछि हटिरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत