शिक्षा

राष्ट्रपति र प्रधानमन्त्री कार्यालय सकारात्मक हुँदापनि त्रिवि चुपचाप, आंशिकको आन्दोलन लम्बिने

काठमाडौँ । लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिहेका आंशिक प्राध्यापकको मागमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालय सकारात्मक हुँदापनि विश्वविद्यालयले चासो नदिँदा प्राध्यापकको आन्दोलन लम्बिने देखिएको छ ।

विभिन्न माग राखेर पछिल्लो समय प्राध्यापकहरु आन्दोलन र धर्नामा छन् । तर १२ औँ दिन वितिसक्दा पनि विविले कुनै निकास दिएको छैन । 

विषयको ध्यानाकर्षण गर्दै राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले माग सम्बोधन गर्न भनेपनि पदाधिकारी काठमाडौँ बाहिर हुँदा सोमबार विषय टुंगिनसक्ने कमिटिका कोषाध्यक्ष तथा आंशिक प्राध्यापक इश्वर जोशीले बताए ।

उनले भने, “विषय गम्भीर भएपनि विश्वविद्यालय पदाधिकारीले पन्छाएका छन् । आशा गरौँ राष्ट्रपति र प्रधानमन्त्री कार्यालय सकारात्मक भएर निर्देशन दिइसक्नुभएको छ अब भोलिसम्ममा हुने वार्ताले एउटा परिणाम देला । तर भोलिसम्ममा पनि हाम्रो माग सम्बोधन भएन भने हामी झनै आन्दोलित हुनेछौँ ।” 

त्रिविमा १५ औँ वर्ष पढाएका प्राध्यापकहरु दैनिक ज्यालादारीमा पढाइरहेका छन् । विभिन्न सम्झौता विश्वविद्यालयले गरेपनि अहिलेसम्म पूरा नहुँदा आंशिक प्राध्यापकहरुको आन्दोलनले निकाश पाउन सकेको छैन ।

गाउँ सहर संवाददाता

तपाईँको मत