संस्कृतिविद् सत्यमोहन जोशी दम्पतीद्वारा मरणोपरान्त शरीर दानकाे घोषणा
- गाउँ सहर संवाददाता
- ३० माघ शुक्रबार, २०७७ | १७:३६:०० मा प्रकाशित
काठमाडाैं । संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशी र श्रीमती राधादेवी जोशीले मरणोपरान्त शरीर दान दिने घोषणा गरेका छन् । ललितपुर महानगरपालिकाको कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा जोशी दम्पतीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् ।
जोशी दम्पतीले मृत्युपछि किस्ट मेडिकल कलेजलाई शरीर दान दिने बताए । चिकित्सा विज्ञानमा प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त शरीर दान दिने घोषणा गरेको सत्यमोहन जोशीले बताए ।
ललितपुरको बखुम्बहालमा १९७७ साल वैशाख ३० गते जन्मिएका सत्यमोहन जोशी एक सय एक वर्षको पुगे । उनकी श्रीमती राधादेवी ९६ वर्षकी छिन् । जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका छन् ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको उपस्थितिमा भएको कार्यक्रममा उनहरुले शरीर दान दिने घोषणा गरेका हुन् । गएको वर्ष सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले विभिन्न कार्यक्रम गरी जोशीको जन्मशताब्दीसमेत मनाएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हामीले खोजेको नेतृत्व कस्तो ?
- ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
- नेप्से झिनाे अंकले बढेर बन्द
- बझाङ क्षेत्र नम्बर–१ ‘क’मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित
- तातो हावाको लहर अझै बढ्ने
- लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयमा छलफल हुँदै
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
प्रतिकृया दिनुहोस