मेगा बैंककाे मुनाफामा उल्लेख्य वृद्धि
- गाउँ सहर संवाददाता
- १५ बैशाख बुधबार, २०७८ | ११:३८:०० मा प्रकाशित
काठमाडाैं । मेगा बैंककाे मुनाफामा उल्लेख्य वृद्धि भएकाे छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ९७ करोड २७ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको यसै अवधिकाे भन्दा ३५.९५ प्रतिशतले बढि हाे ।
गत आवको यसै अवधिमा १ अर्ब ४५ करोड १० लाख ९० हजार खुद नाफा कमाएको थियाे ।
बैंकको वितरणयोग्य नाफा गत आवको यसै अवधिको तुलनामा १८२ प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा ४५ करोड ९८ लाख ४७ हजार रुपैयाँ रहेकोमा बढेर १ अर्ब २९ करोड ७७ लाख ३० हजार रुपैयाँ कायम भएको छ ।
चुक्ता पूँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको बैंकको ११.५४ प्रतिशतले पूँजी बढ्दा प्रतिशेयर आम्दानी सामान्य घटेको छ । बैंकको प्रतिशेयर आम्दानी १८.१९ रुपैयाँ छ ।
चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब ३३ अर्ब ३५ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३३ अर्ब ३५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ४ अर्ब ८ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी र २ अर्ब ७७ करोड २ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २८.४२, निक्षेप संकलन ४.२७, कर्जा लगानी ३२.३५, र सञ्चालन नाफा ३३.३४ प्रतिशतले बढेको छ । बैंकको आधार ब्याजदर २.३५, कोषको लागत १.६३ प्रतिशतले घटेको छ । बैंकको जगेडा कोषमा २ अर्ब ९७ करोड ५४ लाख र शेयरधनी कोषमा १ अर्ब ९७ करोड २९ लाख रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १२.२२, खराब कर्जा अनुपात १.३१, कोषको लागत ५.५५, कर्जा निक्षेप अनुपात ८३.५४, आधारदर ७.५९, स्प्रेडदर ३.६२ प्रतिशत, प्रतिशेयर नेटवर्थ १३६.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.६५ गुणा छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले पायाे १७३ रनकाे लक्ष्य
- सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्यु
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
प्रतिकृया दिनुहोस