राजनीति
कुनै दलको पुच्छर नबनी, गुण र दोषको आधामा राप्रपाले संसदमा समर्थन वा विरोध गर्ने - डा. लाेहनी
- गाउँ सहर संवाददाता
- ६ श्रावण बुधबार, २०७८ | १४:४३:०० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कुनै दलको पुच्छर नबनी, गुण र दोषको आधामा राप्रपाले संसदमा समर्थन वा विरोध गर्ने जनाएका छन् ।
‘राप्रपा प्रजातन्त्रमा दलहरु बलियो हुनु पर्छ भन्ने मान्यता राख्दछ । तर राप्रपा कुनै पनि दलको पुच्छर भएर जाँदैन,’ राप्रपा अध्यक्ष लोहनीले बुधबार भने ।
‘यही मान्यता अनुरुप संसदमा विश्वासको मतदान हुँदा राप्रपा तटस्थ रह्यो,’ लोहनीले ट्वीट गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वास मत प्रमाणित गर्ने समय राप्रपा तटस्थ बस्नुको नीति प्रष्ट पारे ।
अध्यक्ष लोहनीले बताए अनुसार, ‘कुनै दल प्रति पनि आग्रह या पूर्वाग्रह नराखेर राप्रापाले संसदमा गुण–दोषको आधारमा समर्थन या विरोध गर्नेछ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हामीले खोजेको नेतृत्व कस्तो ?
- ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
- नेप्से झिनाे अंकले बढेर बन्द
- बझाङ क्षेत्र नम्बर–१ ‘क’मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित
- तातो हावाको लहर अझै बढ्ने
- लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयमा छलफल हुँदै
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
प्रतिकृया दिनुहोस