स्वास्थ्य

कोरोनाभाइरसका सक्रिय संक्रमित १० हजार ३६०, थप १३ जनाले ज्यान गुमाए

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार ३६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८६४ जनाको परीक्षण गर्दा नयाँ ७७६ संक्रमित थपिएका छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ५०१ छन् । योसहित कुल निको हुनेको संख्या ७ लाख ८८ हजार ८ पुगेको छ ।

देशमा सक्रिय संक्रमितको संख्या १० हजार ३६० छ ।

पूर्ण खोप लगाउनेको संख्या ६६ लाख ४७ हजार ३२२ पुगेको छ । पछिल्लो दिन ५७ हजार ६१० जनाले खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार संक्रमण दर १८.५ प्रतिशत रहेको छ ।

अहिले ५०० बढी संक्रमित हुने जिल्ला ४ रहेका छन् । १० जिल्लामा २०० माथि संक्रमण छ ।

मुस्ताङ शुन्य संक्रमित जिल्ला भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत