भारतबाट एक दिनमा ३० लाख ७२ हजारभन्दा बढी खोप नेपाल आइपुग्यो
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | १६:४७:०० मा प्रकाशित
काठमाडाैं । भारतबाट एकै दिन कोभिसिल्ड र भेरोसेलको ३० लाख ७२ हजारभन्दा बढी कोरोनाविरुद्धको खोप (डोज) नेपाल आइपुगेको छ ।
स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार सोमबार दिउँसो कोभिसिल्ड र भेरोसोल गरी ३० लाख ७२ हजार ३८७ डोज खोप काठमाडौं आइपुगेको हो ।
भारतबाट १८ लाख ७० हजार पाँच सय डोज कोभिसिल्ड र चीनबाट १२ लाख १ हजार ८८७ डोज भेरोसेल खोप नेपाल आइपुगेको डा. चौरसियाले जानकारी दिएका छन् ।
कोभिसिल्ड कोभ्याक्स सुविधाअन्तर्गत र भेरोसेल खोप एशियाली विकास बैंकको ऋण सहयोगमा चीनबाट नेपाल सरकारले खरिद गरिएको हो ।
सोमबार बिहान मौसम खराबिका कारण जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको भेरोसेल खोप फिर्ता भएको थियो । तर, सोमबार दिउँसो ३ बजे उक्त खोप पुनः आएको चौरसियाले जानकारी दिए ।
नेपालमा तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १७ लाख ५६ हजार ७६३ मात्रा खोप लगाइसकिएको छ ।
कुल जनसङ्ख्याको ३९ .८ प्रतिशतले एक मात्रा र ३१ .८ प्रतिशले पूर्ण मात्रा खोप लगाएका छन् ।
त्यस्तै लक्षित जनसङ्ख्याको ६० .७ एक मात्रा र ४८ .४ पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
- गण्डकी सरकारविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट
- एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- एनआईसी एशिया बैंकद्वारा भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा छुट
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता
- अशोक राई नेतृत्वको पार्टी 'जसपा' निर्वाचन आयोगमा दर्ता
प्रतिकृया दिनुहोस