९० प्रतिशतभन्दा बढी संक्रमित हाेम आइसाेलेशनमा, देशभर अब ५ हजार २२५ सक्रिय संक्रमित
- गाउँ सहर संवाददाता
- २१ पौष बुधबार, २०७८ | १६:४९:०० मा प्रकाशित
काठमाडाैँ । देशभरका काेराेना संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी संक्रमितहरू हाेम आइसाेलेशनमा रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
नियमित जानकारी दिँदै मन्त्रालयकी प्रवक्ता डा. संगीता काैशल मिश्राले साे कुरा बताएकी हुन् ।
उनका अनुसार पछिल्लाे २४ घण्टामा १० हजार २७६ जनाकाे काेराेना परीक्षण भएकाेमा नयाँ ४३५ संक्रमित थपिएका छन् ।
साे अवधिमा निकाे हुनेकाे संख्या २३९ छ । याेसहित कुल निकाे हुनेकाे संख्या ८ लाख १३ हजार १७६ पुगेकाे छ जुन ९८ प्रतिशत हाे ।
प्रवक्ता मिश्राका अनुसार पछिल्लाे २४ घण्टामा २ लाख ४६ हजार ३८५ जनाले खाेप प्राप्त गरेका छन् ।
देशभर ९८ जना क्वारेन्टाइनमा रहेका छन् भने सक्रिय संक्रमितकाे संख्या ५ हजार २२५ रहेकाे प्रवक्ता मिश्राले बताएकी छन् ।
स्मरण रहाेस्, पछिल्लाे समय काेराेना संक्रमितकाे संख्यामा वृद्धि देखिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस