ओमिक्रोन देशमा बढ्दाे, अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन, बिहीबारभन्दा ४२८ बढ्याे
- गाउँ सहर संवाददाता
- २३ पौष शुक्रबार, २०७८ | १६:२८:०० मा प्रकाशित
काठमाडाैँ । नेपालमा पछिल्लाे समय काेराेना संक्रमण बढ्दाे छ तर मृत्यु भने छैन । शुक्रबार १४ हजार ९७१ जनाकाे परीक्षण हुँदा ९६८ नयाँ संक्रमित थपिएका छन् जुन अघिल्लाे दिनभन्दा ४२८ बढी हाे ।
साे अवधिमा २६२ जनाले मात्रै स्वास्थ्य लाभ गरेका छन् । २ लाख ६३ हजार ३७१ जनाले खाेप प्राप्त गरेका छन् । देशमा अहिले ५ हजार ७४१ सक्रिय संक्रमित रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
अहिले देशमा ११३ जना क्वारेन्टाइनमा रहेका छन् ।
नेपालमा थप २४ जनाको कोभिड १९ को नयाँ भेरिअन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएका २५० वटा नमूनामध्ये २४ जनामा ओमिक्रोन भेरिअन्ट शुक्रबार पुष्टि भएको हो ।
योसँगै नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या २७ पुगेको छ ।
पुस महिनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशभरबाट १ हजार १४६ वटा नमूनाको जिन सिक्वेन्सिङ गरेको थियो । सो नमूनाहरुमध्ये २५० वटामा एस जिन नेगेटिभ देखिएको थियो ।
'पुस महिनामा संकलित जम्मा ११४६ पोजिटिभ नमूनाहरुको एस जीन स्क्रिनिंग गर्दा २५० वटा नमुनाहरु (२२ प्रतिशत) एस जीन नेगेटिभ पत्ता लागेको छ । एक जीन नेगेटिभ पत्ता लागेका २४ स्याम्पलहरुको जीन सिक्वेनसिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको हो' मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
एस जिन नेगेटिभ देखिएकाहरुमध्ये २४ वटामा भने ओमिक्रोन पुष्टि भएको मन्त्रालयको जनाएको छ ।
ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीहरूको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीहरुको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
यसका साथै एस जीन स्क्रिनिंग गर्ने सुविधा देशका अन्य स्थानहरु (वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रि.वि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला-प्रदेश २, भेरी अस्पताल) बाट पनि संचालनमा रहेको मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।
यसले पछिल्लाे समय नेपालमा नयाँ भेरिअन्टकाे प्रभाव परिसकेकाे पुष्टि भएकाे छ भने सतर्क रहनुपर्ने संकेत देखिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस