अर्थतन्त्र

एक सातामा बैंकहरुले १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरे

काठमाडौँ । पछिल्लो केही दिनयता वाणिज्य बैंकहरुले निक्षेप संकलन तथा कर्जा लगानी दुवै बढाएका छन् ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको एक साताको तथ्यांक अनुसार बैंकहरुले १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

२७ वाणिज्य बैंकहरुले पुस २३ गतेदेखि पुस ३० को अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३५ अर्ब रुपैयाँ कर्जा वितरण गरेका हुन् ।

संघका अनुसार पुस २३ देखि ३० गतेको एक हप्ताको अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । सो अवधिमा ३५ अर्ब कर्जा प्रवाह भएको संघको तथ्यांक छ ।

पुस २ गतेसम्म वाणिज्य बैंकहरुको  निक्षेप ४२ खर्ब ३९ अर्ब रुपैयाँ थियो । त्यस्तो निक्षेप पुस ३० गते ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।

२८ दिनमा वाणिज्य बैंकहरुको निक्षेप ८५ अर्ब रुपैयाँले वृद्धि हुँदा कर्जा भने ७८ अर्ब रुपैयाँले बढेको छ । पुस २ गते ४० खर्ब ८५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह पुस ३० गते ४१ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत