२५ दिनमा नेपालमा काेराेना सक्रिय संक्रमित ७२ हजार १७६ बढे, निकाे हुने प्रतिशत पनि घट्याे
- गाउँ सहर संवाददाता
- ९ माघ आइतबार, २०७८ | २०:४६:०० मा प्रकाशित
काठमाडौँ । हामी दैनिक कोरोनाभाइरसको प्रभावको बारेमा समाचार हेरिरहेका छौँ अनि भोगिरहेका छौँ । गाउँ सहर डटकमले २५ दिनको तथ्यांक विश्लेषण गर्दा नेपालमा यी दिनभित्रमा सक्रिय संक्रमितको संख्यामा नसोचेको वृद्धि देखिएको छ ।
यसबीचमा अर्थात, पौष १४ गते देशमा सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ थियो । तर माघ ९ गतेसम्ममा सो संख्या ७७ हजार ४० पुगेको छ । यसको मतलब ७२ हजार १७६ जना नयाँ रोगी थपिएका छन् ।
यसबीचमा रोगबाट मृतकको संख्यामा भने सुधार देखिएको छ । पौस १४ गतेसम्ममा ११ हजार ५९० जनाको मृत्यु भएको थियो । माघ ९ मा मृतकको संख्या ११ हजार ६५५ छ । यसबीचमा ६५ जनाको दुखद निधन भएको छ ।
खोपको कुरा गर्ने हो भने पौष १४ गते सम्ममा २ करोड ४२ लाख २६ हजार २४८ मात्रा खोप लगाइएको थियो भने माघ ९ सम्ममा २ करोड ९३ लाख ५ हजार ३८५ मात्रा खोप लगाइएको छ ।
माघ ९ सम्ममा ९ लाख १० हजार ३९४ पिसिआरबाट र १ लाख १२ हजार ९१३ जना एन्टिजेन विधिबाट पोजेटिभ पहिचान भएका छन् । यसमध्ये ८ लाख २१ हजार ६९९ जनाले भने स्वास्थ्य लाभ गरेका छन् । तर निको हुने दर अहिले घटेको छ ।
अहिले देशमा स्मार्ट लकडाउन चलिरहेको छ । बुझेरै पनि हुनसक्छ भिडभाडका क्षेत्रहरू शान्तप्रायः छन् । स्कूल-कलेज बन्द छन् । जिम, सभा-जुलुस छैन, गाडीमा जोरबिजोर छ । सेवाग्राहीस्थलमा स्वास्थ्य मापदण्ड कडाइ गरिएको छ । स्वास्थ्य सामग्री तथा औषधिमा नियोजित लुकावट देख्न सकिन्छ । महंगी बढेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस