स्वास्थ्य
कोभिड-१९ संक्रमण दर १८.१ प्रतिशत, थप पाँच जनाको निधन
- गाउँ सहर संवाददाता
- १२ माघ बुधबार, २०७८ | १६:३४:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा आज कोभिड संक्रमण दर १८.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज पाँच जनाले ज्यान गुमाएका छन् । योसहित कुल मृत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको छ ।
उसका अनुसार परीक्षण गरिएका कुल २० हजार ३५९ नमूनामध्ये ८ हजार ४५४ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना जितेर पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जनाले स्वास्थ्य लाभ गरेका छन् । सो अवधिमा खोप लगाउनेको संख्या २ लाख ५६ हजार ४१६ छ ।
मन्त्रालयका अनुसार देशमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस