वातावरण
पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव, यी ठाउँमा आंशिक बदली, हिमपात र सामान्यतया सफा
- गाउँ सहर संवाददाता
- १४ माघ शुक्रबार, २०७८ | ०५:४८:०० मा प्रकाशित
काठमाडाैँ । जल तथा माैसम विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज २०७८ माघ १४ गते शुक्रबार दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश नं १ तथा बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ ।
राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने विभागले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस