गाउँ सहर

राधाकृष्ण मन्दिर शान्ति आश्रमको २९ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको २९ औं वार्षिक साधारणसभा एक कार्यक्रमकाबीच  सम्पन्न भएको छ ।

साधारणसभाको उदघाटन ब्राम्हण समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.नारायणप्रसाद अधिकारीले गरेका थिए । कार्यक्रममा उनले यस स्थललाई पूर्वीय दर्शनको अध्ययन अध्यापन गराउने स्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । शान्ति आश्रमसँगै यहाँस्थित राधाकृष्ण मन्दिर र गुरुकुललाई एकसाथ अघि बढाउनुपर्ने बताउँदै उनले यसका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताए ।

पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले मन्दिर, आश्रम र गुरुकुललाई एक आपसमा समन्वय गर्दै अघि बढाउनुपर्ने बताए ।  लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले गुरुकुल, मन्दिर र आश्रम एकअर्काका परिपुरक भएको बताउँदै यी तीनवटै संस्थाको विकास गर्नुपर्ने बताए ।

अवसरमा राधाकृष्ण मन्दिरमा विशिष्ट योगदान गरेको भन्दै मन्दिर व्यवस्थापन समितिका पूर्व सदस्य दिव्यरमण अर्याल, पूर्व सह अध्यष कृष्णप्रसाद अधिकारी र पोखरा–२५ स्थायी बसोवास भई हाल राधाकृष्ण मन्दिरमा बसोवास गर्दै आएकी धर्मदाशी अधिकारीलाई सम्मान गरिएको थियो ।

राधाकृष्ण मन्दिर शान्ति आश्रम सञ्चालन समितिका सह अध्यक्ष गणेशबहादुर केसीको अध्यता एवम् सचिव घनश्याम खनालले सञ्चालन गरेको कार्याक्रममा समितिका उपाध्यक्ष मिलाकुमारी थापाले स्वागत गरेकी थिइन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत