माछापुच्छ्रे बैंकका थापा, न्याैपाने र अर्यालकाे बढुवा
- गाउँ सहर संवाददाता
- ७ फाल्गुण शनिबार, २०७८ | १८:२९:०० मा प्रकाशित
काठमाडाैँ । माछापुच्छ्रे बैंकले हालै बैंकको विभिन्न पदमा तीन जनाकाे बढुवा गरेकाे छ । यसरी बढुवा हुनेमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा नायव महाप्रवन्धकमा प्रसिद्धराज अर्याल रहेका छन् ।
नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशकदेखि बैंकिङ क्षेत्रमा आवद्ध छन् ।
माछापुच्छ्रे बैंकमै लामो समय उच्च व्यवस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकीय दक्षता भएका थापा बहुबैंकिङ व्यवसाय र न्यौपाने सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन् ।
त्यस्तै नायव महाप्रवन्धक पदमा बढुवा भएका अर्यालले पनि बैंकिङ क्षेत्रमा करिब दुई दशकजतिको अनुभव सगालेको बैंकले जनाएको छ । अर्यालसँग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्सलगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस