पाेखराबाट ओलीकाे टिप्पणी : सर्वोच्चमा गोरु ब्याएर गठबन्धनरूपी ५ वटा बाच्छा पनि पायो
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण शुक्रबार, २०७८ | १५:०६:०० मा प्रकाशित
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानभन्दा बाहिर गएर जननिर्वाचित र प्रगतिशील सरकार ढाल्न सर्वोच्च अदालतले संविधान बाहिर गएर फैसला गरेको टिप्पणी गरेका छन् ।
पाेखरामा एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतको परमादेशबाट गोरुले अहिलेको सत्ता गठबन्धन नामक पाँचवटा बाँच्छा पाएको टिप्पणी गरेका हुन् ।
ओलीले विकासप्रेमी सरकार ढाल्नको लागि षड्यन्त्र भएको आरोप लगाएका हुन् ।
‘एकजना न्यायाधीशको इमेल आउँछ अमेरिकाबाट केपी ओलीको सरकार ढाल्नु नै थियो, न्यायाधीशको के बिगारिदिएको थियो ओली सरकारले ? त्यहाँनेर विकास विरोधी षड्यन्त्रको हिस्सेदार थियो । संविधान बाहिर गएर पनि ढाल्नु पर्ने थियो,’ ओलीले भने, ‘गोरु ब्याउँदैन भन्थे ब्यायो सर्वोच्च अदालतमा, यो २०५१ सालमा एकजनाले भनेका थिए । अहिले गोरु ब्यायो मात्र होइन पाँचवटा बाच्छा पायो ।’
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सर्वोच्चमा न्यायाधीशहरूले आन्दोलन गरेको बेला सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाले अमेरिकाबाट एउटा इमेल पठाएको कुरा चर्चामा आएको थियो । त्यो इमेलमा आफ्नो सरकार ढाल्न खेलेको भूमिकाबारे चर्चा भएको ओलीको भनाइ छ ।
ओलीले भने– तपाई परमादेशको समर्थन गर्ने कि जनादेशको ? सबैलाई खुसी पार्न सकिँदैन । परमादेशका नाममा जनादेशको माखौल उडाइएको छ । सेटिङमा सबै काम भइरहेको छ ।
अध्यक्ष ओलीले संसदले सरकार बनाउने अधिकार समेत परमादेशबाट खोसिएको भन्दै मुलुक अहिले दुई धारमा बाँडिएको बताए । मुद्दा मामिलाबाट सरकार बनाउने जाली फटाहाको राजनीति एउटा र जनादेशमा आधारित राजनीति अर्को दिशामा रहेको उनले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
- गण्डकी सरकारविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट
- एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- एनआईसी एशिया बैंकद्वारा भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा छुट
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता
- अशोक राई नेतृत्वको पार्टी 'जसपा' निर्वाचन आयोगमा दर्ता
प्रतिकृया दिनुहोस