कांग्रेसले जित्याे १६३, एमाले १०६, माके ७८, अन्य ९, एस ५ र जसपा ४ अध्यक्ष/प्रमुख
- गाउँ सहर संवाददाता
- ३ जेठ मंगलबार, २०७९ | २०:४६:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा अहिलेपनि नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले १६३ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने १४२ स्थानमा अग्रता लिएकाे छ ।
एमालेले १०६ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने १४ स्थानमा अग्रता लिएकाे छ । माओवादी केन्द्रले ७८ स्थानमा जितेकाे र ३८ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले ५स्थानमा जितेकाे र १६ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले ९ स्थानमा विजय हासिल गरेकाे छ भने १९ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले ४ स्थानमा जितेकाे छ भने २९ स्थानमा र लाेसपाले ११ स्थानमा अग्रता लिएकाे छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले १५९ ठाउँमा जीत र १२४ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले १०५ ठाउँमा जीत र १२५ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले ७९ स्थानमा जीत र ४५ स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले ५ जीत र १२ अग्रता लिएका छन् । एकीकृत समाजवादीले १२ स्थानमा जीत र ११ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ५ स्थानमा जीत र २३ स्थानमा अग्रतामा छ । उता लाेसपाले १० स्थानमा अग्रता मात्रै लिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस