काठमाडाैँमा खसेकाे मत १ लाख ९१ हजार १८६, स्वतन्त्रका वालेन्द्र जित नजिक
- गाउँ सहर संवाददाता
- १० जेठ मंगलबार, २०७९ | १०:५६:०० मा प्रकाशित
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा १ लाख ९१ हजार १८६ मत खसेको थियो । अब लगभग ७० हजारको मतपरिणाम आउन बाँकी रहेको देखिन्छ ।
अहिलेसम्म स्वतन्त्रका वालेन्द्र शाह (वालेन) ले ५० हजार ३० मत प्राप्त गरेका छन् । कांग्रेसकी सिर्जना श्रेष्ठले ३० हजा ७६७ र एमालेका केशव स्थापितले ३० हजार १५ मत प्राप्त गरेका छन् । त्यसैगरी अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६ हजार १९३ र राप्रपाका मदनदास श्रेष्ठले २ हजार ९९६ अनि विवेकशीलकी समीक्षा बास्कोटाले ३४४ मत प्राप्त गरेकी छन् ।
उता उपप्रमुखमा ४६ हजार ३४७ मतका साथ एमालेकी सुनिता डंगोलले ननस्टप लिड गरेकी छन् ।
मतगणना संख्या हेर्दा करिब ७० हजार मतको परीक्षा हुन बाँकी छ । यसमा बदर मत उल्लेख नगर्दापनि यहि गतिमा परिणामले अग्रता लिने हो भने वालेन्द्रको जित निश्चित प्रायः देखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस