गाउँ सहर

ललितपुर महानगरमा चिरीबाबु महर्जन प्रमुख र उपप्रमुखमा मन्जली शाक्य बज्राचार्य विजयी

काठमाडैँ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन ४२,७२२ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारलाई १८,१६२ मतान्तरले पराजित गरेका हुन् । पराजित हरिकृष्ण ब्यञ्जनकारले २४,५६० मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार मन्जली शाक्य बज्राचार्य २५,०८५ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार बाबुराज बज्राचार्यले १८,७५२ मत ल्याएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत