ललितपुर घटनाका आरोपी सार्वजनिक, मुद्दा चलाउने तयारी
- गाउँ सहर संवाददाता
- १३ चैत मंगलबार, २०८० | १३:११:०० मा प्रकाशित
काठमाडौं । ललितपुर महानगरपालिका-२६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।
फागु पूर्णिमाका दिन (चैत ११ गते राति) ललितपुर महानगरपालिका–२६ ढोलाहिटी, राजकुलो ओसिस मार्गमा २ युवकको हत्या घटनामा संलग्न आरोपमा पक्राउ परेकामध्ये चार जनालाई मात्रै मुद्दा चलनउने तयारी गरिएको छ।
सो घटनामा संलग्न आरोपमा पक्राउ परेकामध्ये प्रहरीले मंगलबार बिहान खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी वतन भई हाल ललितपुर महानगरपालिका–२६, जैनखेल बस्ने होटल सञ्चालक ३१ वर्षीय विजय राई, खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी वतन भई ललितपुर–१५, खुमलटार बस्ने होटल सञ्चालक वर्ष ३० का सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२, अन्नपूर्ण स्थायी वतन भई हाल ललितपुर–२६ जैनखेल बस्ने वर्ष ३८ का विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर–११ स्थायी वतन भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने वर्ष २५ का छेड्वीहाङ राईलाई सार्वजनिक गरेको हो।
घटनापछि राजु गुरुङ भन्ने व्यक्ति भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएकाे छ।
प्रतिवादी ५ जना भए पनि तत्काललाई भने पक्राउ परेका ४ जनाविरुद्ध मात्रै प्रहरीले मुद्दा अघि बढाउन लागेको हो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अशोक राई नेतृत्वको पार्टी 'जसपा' निर्वाचन आयोगमा दर्ता
- गृह मन्त्रालयको तीन बुँदे निर्देशन : हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोकिने
- प्रभु बैंकका ग्राहकले गणेशमान सिंह मेमोरियल हस्पिटलको सेवामा विशेष छुट पाउने
- बागमती प्रदेशमा नेपाल र तामाङ भाषा बने ‘सरकारी कामकाजको भाषा’
- खडेरीले सुक्न थाल्यो मकै, चिन्तामा किसान
- अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, प्रस्तावित कार्यसमिति यस्तो छ
- एनआईसी एशिया ‘बैंक पनि, पुस्तकालय भवन बनाइदिने सहयाेगी पनि’
- पहाडी भूभागमा सामान्य वर्षा
- फुट्यो जनता समाजवादी पार्टी , अशोक राई समूह नयाँ पार्टी
- वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत, नेपालीको औसत आयु ७१.३ वर्ष
प्रतिकृया दिनुहोस