गण्डकी प्रदेशको आर्थिक वृद्धि ६.२ प्रतिशत हुने अनुमान
- गाउँ सहर संवाददाता
- २२ जेठ आइतबार, २०७९ | ०४:२४:०० मा प्रकाशित
काठमाडाैँ । केन्द्रीय तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धि ५.८ प्रतिशत हुने अनुमान रहेको छ । आर्थिक वर्ष २०७८/७९ को कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २३.९ प्रतिशत, १४.२ प्रतिशत र ६१.८ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान रहेको छ । गण्डकी प्रदेशको आर्थिक वृद्धि भने राष्ट्रिय औसत भन्दा बढी अर्थात् ६.२ प्रतिशत हुने अनुमान रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गण्डकी प्रदेशका ११ जिल्लाहरुमा सम्पन्न स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त विवरण अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा (साउनदेखि पुससम्म) गण्डकी प्रदेशको आर्थिक गतिविधिमा सुधार आएको छ । पछिल्लो समय कोरोना महामारीको समस्या क्रमशः न्यूनहुँदै गएको, कृषि उत्पादनमा केही वृद्धि भएको, उद्योगको क्षमता उपयोग बढ्दै गएको, यातायात र पर्यटन लगायतका सेवा क्षेत्र समेत क्रमशः पुनरुत्थान हुँदै गएकोले प्रदेशको समष्टिगत आर्थिक गतिविधिमा सुधार आएको उसले बताएकाे हो ।
गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक विवरणमा आधारित)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस