अर्थतन्त्र

पेट्राेलियम पदार्थकाे भाउ अब यति पुग्याे

काठमाडाैँ । पेट्रोलको भाउ २१ रूपैयाँले बढेर प्रतिलिटर १९९ पुगेको छ । भारतबाट नेपालमा इन्धनको मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागू हुने गरि इन्धनमा भाउ बढाएको हो ।

निगमका अनुसार अब डिजल र मटितेलको मूल्य प्रतिलिटर २७ ले बढेर १९२ पुगेको छ । यसैगरि, आन्तरिक तथा बाह्य हवाई इन्धनको मूल्य पनि बढेको छ । तर, खाना पकाउने ग्याँसको भाउ भने बढेको छैन ।

पेट्रोलको भाउ १९९ प्रति लिटर हुँदा पनि आयल निगमलाई प्रति लिटर १३.५८ रुपैया घाटा रहेको निगमको दाबी छ । यस्तै, प्रति लिटर डिजेलमा १३.९५ रुपैया घाटा तथा मटितेलमा ४३.०६ रुपैया नाफा रहेको निगमको भनाइ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत