प्रदेश १ काे प्रादेशिक आर्थिक गतिविधि अध्ययन भन्छ- कृषि बालीले ढाकेको क्षेत्रफल १.२ प्रतिशतले घट्याे
- गाउँ सहर संवाददाता
- ९ असार बिहीबार, २०७९ | २१:४५:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययन (प्रदेश नं.– १) प्रथम अर्ध–वार्षिक प्रतिवेदन (आ.व.२०७८/७९) ले प्रदेश नं. १ अन्तर्गतका १४ जिल्लाहरुको स्थलगत तथा गैरस्थलगत भ्रमण गरी आर्थिक वर्ष २०७८/७९ को आर्थिक गतिविधि सम्बन्धी प्रथम अर्ध–वार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेकाे छ ।
सार्वजनिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा यस प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.२ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा धान बालीले ढाकेको क्षेत्रफल २.९ प्रतिशतले घटेको छ । धान, मकै र आलु बालीले ढाकेको क्षेत्रफलमा कमी आएकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको देखिन्छ ।
आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा यस अध्ययनमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४८.९ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ५३.५ प्रतिशत रहेको थियो । विशेष गरी वनस्पती घिउ र तेल, तयारी कपडा, साबुन, जि.आई तार, चिनी, घरेलु धातुका सामान जस्ता वस्तुहरु उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएकाले उद्योगको औसत क्षमता उपयोगमा केही कमी आएको देखिन्छ । कोभिड–१९ अवधिभर आयात प्रवावित भई आन्तरिक उत्पादन बढेतापनि कोभिड–१९ को प्रभाव न्यून भएसँगैआयातमा भएको सहजताले आन्तरिक उत्पादन प्रभावित हुन गई उद्योगको औसत क्षमता उपयोगमा कमी आएको देखिन्छ ।
प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा वाह्य पर्यटक आगमनको संख्या १२२.० प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा वाह्य पर्यटक आगमनको संख्या ७६.७ प्रतिशतले घटेको थियो । कोरोना महामारीको प्रभाव कम भएसँगै विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि अनअराइभल भिसामा दिएको छुट तथा अन्य सुविधाका कारण पर्यटकको आगमनमा वृद्धि भएको उल्लेख छ ।
२०७७ पुस मसान्त देखि २०७८ पुस मसान्तसम्म यस प्रदेशमा राष्ट्रिय तथा सहायक राजमार्ग गरी थप ४५६.५ किलोमिटर सडक विस्तार भई कुल सडक सञ्जाल ६,२१२.२ किलोमिटर पुगेको प्रतिवेदनमा उल्लेख छ ।
प्रथम अर्ध–वार्षिक अध्ययन प्रतिवेदन
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस