वातावरण
साँझ काठमाडाैंका यी नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्क रहन आग्रह
- गाउँ सहर संवाददाता
- २ श्रावण सोमबार, २०७९ | १५:१६:०० मा प्रकाशित
काठमाडाैं । काठमाडाैंका विभिन्न नदीमा आज साँझ पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार ती नदीहरूमा बहाव उल्लेख्य बढ्नेछ ।
पछिल्लो १ घण्टा काठमाडाैंको विष्णुमती, धोवीखोला जलाधारमा भारी बर्षा मापन भएको छ, विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिव १.५ मिटले बढेको छ, विष्णुमती र धोवीखोलाको पानी किनारको बस्ती र सडक सम्म आउन सक्ने पूर्वानुमान छ ।
आज साँझसम्म नदीहरूमा आकस्मिक बहाव समेत हुन सक्ने भएकाले उक्त अवधिमा नदीतटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन भनिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
- गण्डकी सरकारविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट
- एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- एनआईसी एशिया बैंकद्वारा भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा छुट
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता
- अशोक राई नेतृत्वको पार्टी 'जसपा' निर्वाचन आयोगमा दर्ता
प्रतिकृया दिनुहोस