राजनीति
पुष्पलाल श्रेष्ठलाई महासचिवबाट हटाउनु गलत - केपी शर्मा ओली
- गाउँ सहर संवाददाता
- ७ श्रावण शनिबार, २०७९ | १०:३५:०० मा प्रकाशित
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठलाई महासचिवबाट हटाउनु गलत भएको बताएका छन् ।
उनले आज पुष्पलालको स्मृति सभामा चर्चा गर्दै मनमोहन अधिकारीलगायतले पुष्पलाललाई हटाउन खोज्नु गलत भएको बताएका हुन् । पुष्पलालको लामो चर्चा गर्दै कम्युनिस्ट आन्दोलनको मार्गदर्शक, महान व्यक्ति हुँदाहुँदै पनि पार्टीले स्थान नदिएको ओलीले बताए ।
अध्यक्ष ओलीले नेपालको कम्युनिस्ट आन्दोलनमा खास व्यक्तिलाई खास ठाउँमा आउन रोक्ने षड्यन्त्र सधैँ हुने गरेको बताए । पुष्पलाललाई कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनमा मात्र नभई दोस्रो र तेस्रो महाधिवेशनमा पनि षड्यन्त्र गरेर नेतृत्वमा आउन नदिएको गुनासो गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस