अहिलेको राजनीतिक परिस्थिति फेरिन सक्छ : केपी शर्मा ओली
- गाउँ सहर संवाददाता
- २ फाल्गुण मंगलबार, २०७९ | १६:३६:०० मा प्रकाशित
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको अहिलेको राजनीति स्थिति फेर्न देशभित्र र बाहिरका अनेक शक्ति क्रियाशील रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको २३ औं महाधिवेशन उद्घाटनमा बोल्दै ओलीले अहिलेको राजनीतिक परिस्थिति फेरिन सक्ने बताए ।
उनले भने, ‘हामीले तत्कालीन पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनायौं । त्यो देखेर धेरै साथीहरू प्रशन्न हुनुहुन्छ, प्रशन्न हुनु पनि पर्छ । तर भोलि यो स्थिति फेरियो भने…’ राजनीतिमा धेरै उतारचढाव हुन्छ । अहिले पनि देशभित्र र बाहिरका अनेक शक्ति यहाँ स्थिरता हुन नदिन र देशलाई बर्बाद पार्न क्रियाशील छन् ।’
आफू सरकारमा हुँदा नेकपाभित्रकै मानिसहरूका कारण नेकपा फुटेको भन्दै उनले त्यतिबेला बाहिर-भित्रबाट प्रहार भएकाे बताए ।
अध्यक्ष ओलीले भने, ‘जसरी विभिषण नभएको भए रामले रावणलाई पराजित गर्न सक्ने थिएनन् । त्यसैगरी एमालेभित्र पनि त्यस्ता केही मानिस नभएको भए उनीहरू पराजित गर्न सक्दैनथे होला ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
- गण्डकी सरकारविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट
- एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- एनआईसी एशिया बैंकद्वारा भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा छुट
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता
- अशोक राई नेतृत्वको पार्टी 'जसपा' निर्वाचन आयोगमा दर्ता
- गृह मन्त्रालयको तीन बुँदे निर्देशन : हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोकिने
प्रतिकृया दिनुहोस