वातावरण

पुरानाेले गर्न यति गाह्राे छ, नयाँले के गर्छ ? नेता प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा वैकल्पिक शक्ति बन्नका लागि भर्खरै खुलेका नयाँ दलहरुले केही गर्न नसक्ने बताए ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले परिवर्तनका लागि महत्वपूर्ण योगदान दिएका कांग्रेस, एमाले जस्ता पार्टीहरुलाई त काम गर्ने मुस्किल परिरहेको अवस्थामा नयाँ दल खोल्नेहरुले केही गर्न नसक्ने टिप्पणी गरे । 

उनले भने, 'हिजो के–के न गर्छु भनेर काठमाडौँमा चुनाव लड्न आएका नेताले समाज र देश परिवर्तन गरे कि आफू परिवर्तन भए, त्यो कुरा अब पनि भनिरहनु पर्दैन ।' चुनाव लड्नका लागि  मात्रै पार्टी खोल्नेहरु  र नागरिकको अधिकारको लागि बलिदान दिएका, खारिएर आएका, जेल गएका पार्टी र नेताहरुका बारेमा हल्का रुपमा तुलना गर्न हुँदैन भन्ने उनकाे भनाइ थियाे ।

अहिले धमाधम गठन भईरहेका नयाँ पार्टीले समाजमा अनावश्यक भ्रम फैलाउन खोजेको बताउँदै सिंहले हिजो लोकतन्त्र ल्याउन बलिदान दिएका दलहरुको भूमिका ‌ओझेलमा पार्न खोजिएको बताए । 

उनले भने, 'काम केही नगर्ने सामाजिक सञ्जालमार्फत नेता बन्ने लहर चलेकाले रहर गर्नु नराम्रो नभए पनि राजनीति आन्दोलनमा कहिँ देखिए ?" जनतालाई समस्या पर्दा कतै नभेटिनेहरुले कसरी देश र जनताको सेवा गर्छन् भनेर उनले प्रश्नसमेत गरे ।

नेता सिंहले  कांग्रेसले अवसर पाउँदा आफ्नो भूमिका निभाएकाले  कांग्रेस मात्रै यो मुलुकको लागि हितकारी भएको दाबी गरे ।

गाउँ सहर संवाददाता

तपाईँको मत