अर्थतन्त्र

नेप्से ५४.४५ अंकले बढ्दा लगानीकर्ता उत्साहित, चार अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार हरियाली छाउँदा लगानीकर्ता उत्साहित देखिएका छन् । सोमबार नेप्से ५४.४५ अंकले बढेर दुई हजार एक सय ३२ दशमलब ९६ विन्दुमा बन्द पुगेको हो । आइतबार पनि नेप्से ६१.०५ अंकले बढेर दुई हजार ७८ दशमलब ५१ विन्दुमा बन्द भएको थियो ।

आज कारोबार रकममा पनि बढेको छ । आज नेप्सेमा चार अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा दुई अर्ब ७३ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज मञ्जुश्री फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १५ करोड २९ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत