स्वास्थ्य

काेराेनाका कारण थप दुइजनाकाे मृत्यु, ४३८ नयाँ संक्रमित थपिए

काठमाडाैँ । केहिसमय यता नेपालमा काेराेना संक्रमितमात्रै बढेका छैनन्, दैनिक मृतककाे संख्यामा पनि बढाेत्तरी हुँदै गएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ३ हजार ६९९ काे काेराेना परीक्षण गर्दा ४३८ नयाँ संक्रमित पहिचान भएका छन् । दुइजनाकाे मृत्यु भएकाे छ । २७७ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार साे दिन ५८ हजार ५५९ जनाले खाेप लगाएका छन् । अब देशमा काेराेना सक्रिय संक्रमितकाे संख्या ४ हजार ३६९ पुगेका छन् ।

काेराेनाबाट देशमा अहिलेसम्म ११ हजार ९६६ जनाले ज्यान गुमाइसकेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत